नियम ३५
अभिलेख राख्ने
: ऐन तथा यस नियमावली विपरीत गरेको कसूरको सम्बन्धमा. कुनै व्यक्ति वा संस्था विरुद्ध मुद्दा चलाइएको वा अन्य कुनै कारबाही गरिएको वा निजलाई कालो सूचीमा राखिएकोमा विभागले सोको अभिलेख अनुसूची- १२ बमोजिमको ढाँचामा राखी त्यसको जानकारी सम्बन्धित निकायलाई समेत दिनु पर्नेछ।